काठमाडौं । आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहानैदेखि वार्ता भइरहेको हो ।
वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेश पाण्डे र चिकित्सकहरुको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की नेतृत्वको टोली सहभागी छन् ।
प्रहरीबाट ट्रमा सेन्टरका एक चिकित्सक कुटिएको विरोधमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेर नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेपछि समस्या समाधानका लागि वार्ता भइरहेको हो । वार्तामा ट्रमा सेन्टरका निर्देशक रुद्र मरासिनीसमेत सहभागी छन् ।
माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ माघ २०७९, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा भूमिहीन दलित सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण
प्रधानमन्त्री ओलीद्वारा भागीरथा अस्पताल उद्घाटन
प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई
सरकार, युवा र महिला उद्यमी मिलेर अघि बढ्नुपर्छ : प्रधानमन्त्री
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण