पर्वतमा ९० वर्षीया वृद्धालाई बलात्कार गर्ने २० वर्षीय युवकलाई यस्तो सजाय

रासस

सोमबार, २५ असार २०७५, १५ : ०९
पर्वतमा ९० वर्षीया वृद्धालाई बलात्कार गर्ने २० वर्षीय  युवकलाई यस्तो सजाय

फलेवास । नब्बे वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका– ३ देउराली बस्ने २० वर्षीय शंकर परियार थुनामा परेका छन् ।

पर्वत जिल्ला अदालतका न्यायाधीश ध्रुबप्रसाद सापकोटाको इजलासले आइतबार उनलाई ११ वर्ष कैद र रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोख्रेलले बताए ।

बेल्नसमेत नसक्ने पीडित वृद्धालाई आरोपीले ०७५ वैशाख ५ गते मदिरा सेवन गरेर बलात्कार गरेको उजुरी परेको थियो । 

प्रतिक्रिया दिनुहोस