चितवन । चितवनको जलदेवी सामुदायिक वनमा सञ्चालनमा आएको जिप लाइन अवैध भएको पाइएको छ । पर्यटन विभागबाट अनुमतिसमेत नलिइकन जीप लाइन सञ्चालन गरिएको पाइएको हो ।
पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० को दफा ९४ अनुसार साहसिक तथा मनोरञ्जनात्मक खेल र क्रियाकलापहरू सञ्चालन गर्नुपूर्व पर्यटन विभागबाट इजाजत लिनुपर्ने व्यवस्था छ । तर सो सामुदायिक वनले विभागबाट अनुमति इजाजत नलिइ जिप लाइन चलाउने अनुमति लिएको छैन ।
सामुदायिक वनका एक पूर्व अध्यक्षले जिप लाइन सञ्चालनको अनुमति नलिएको बताए । वनले डिजिजन बन कार्यालय चितवनसँग सहमति लिएर जिप लाइन चलाएको बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ माघ २०७९, ११ : ५६
लेखकबाट थप