एजेन्सी । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्या २० हजारभन्दा बढी पुगेकाे छ।
समाचार एजेन्सी राेयटर्सका अनुसार भूकम्पमा परी मृत्यु भएकाे २० जार मध्य १७ हजार टर्कीका रहेका छन् भने तीन हजार भन्दाबढी सरियाका रहेका छन्।
टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान बिहान ७.५ रेक्टर स्केलको भूकम्प गएको थियाे। भूकम्पले करिब ६ हजार भवनमा क्षति पुर्याएकाे छ। यद्यपि, संयुक्त राष्ट्र संघले भूकम्पबाट भएको क्षतिको तस्बिर अझै स्पष्ट नभएको जनाएको छ।
भूकम्पपछि टर्कीमा आपतकालको घोषणा गरिएको छ। टर्कीको राजधानी अंकारासहितका सहरहरूका साथै लेबनान, सिरिया, साइप्रससम्म पनि भूकम्पको धक्का महसुस भएको थियो।
दुवै देशमा द्रुत गतिमा राहत र उद्धारको काम भइरहेको छ। यसैबीच भूकम्पबाट बाँचेका हजारौँ जनताका लागि अत्यधिक चिसो नयाँ चुनौती बनेको छ। यहाँ बस्ने ठाउँका साथै खानेकुराको चरम अभाव छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस प्रकोपको पूर्ण तस्बिर अझै नआएको उल्लेख गर्दै विशेषगरी सिरिया केही वर्षदेखि गृहयुद्धबाट पीडित र पहिलेदेखि नै दुःखको सामना गरिरहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २७ माघ २०७९, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीमा ४.४ रेक्टर स्केलको भूकम्प
मुगुमा फेरि भूकम्पको धक्का
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का
ताइवानमा ६.४ म्याग्निच्युडको भूकम्प
टर्कीमा गयो भूकम्प, सात जना घाइते
कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का