काठमाडाैँ । उपप्रधानमन्त्री एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ ।उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज विहीवार भएको भेटममा उपप्रधानमन्त्री लिङ्देनले नविकरणी उर्जा क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै सहयोगको निरन्तरताका लागि आग्रह गरे ।
भेटका क्रममा उर्जामन्त्री लिङ्देनले विद्युत उत्पादन, प्रशारण र वजारीकरणलाई प्राथमीकतामा राखेर आफुले काम गर्न चाहिरहेको उल्लेख गर्दै, हरीत ग्यास उत्पादनको विषयमा समेत छलफल भईरहेको जानकारी दिए । ‘हरित ग्यास उत्पादनको सम्भाव्यता अध्ययन र नीति निर्माणमा हामी छलफलमै छौँ,’ मन्त्री लिङ्देनले भने, ‘निजी लगानीकर्ता संग सहकार्य गर्ने विषयमा समेत छलफल भइरहेको छ ।’
छिमेकी राष्ट्रलाई विद्युत निर्यात गर्ने विषयमा राजदूत डिप्रेजको जिज्ञासामा उपप्रधानमन्त्री लिङ्देनले बंगलादेशसंगको सम्झौता प्रक्रियामा रहेको बताए । साथै भविष्यमा ठुलो मात्रामा विद्युत निर्यात गर्ने गरी व्यापार सम्झौता हुने उनले बताए ।
उपप्रधानमन्त्री लिङ्देनले अन्तरदेशीय प्रशारण ट्रान्समिसन र अन्य छिमेकी मुलुकसंगको व्यापारको लागि समानान्तर रुपले ट्रान्समिसन लाइन विस्तार गरिने बताए । उनीहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा समेत छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ माघ २०७९, १४ : ४१
लेखकबाट थप