पोखरा । बसको ठक्करबाट पोखराको पृथ्वीचोकमा एक जनाको मृत्यु भएको छ । पोखरा ९ पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा रेजिना आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कस्कीका इन्पेकटर ज्ञान खड्काले बताए ।
२७ वर्षीय रेजिना पोखरा बुद्धचोकबाट पृथ्वीचोक तर्फ आउँदै थिइन् । रेजिनाले चलाएको गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक आचार्यको मृत्यु भएको इन्पेक्टर खड्काले बताए । घाइते आचार्यको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ माघ २०७९, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन
सिन्धुलीमा गाडी दुर्घटना, ४ जना घाइते