काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ।
भक्तपुरको बाल्कोटस्थित ओली निवासमा सोमबार बेलुका ओली र विप्लवबीच भेटवार्ता भएको हो। भेटवार्तामा मुलुकको समसामयिक राजनीतिक अवस्था र तत्कालीन ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलगायत विषयमा छलफल थियो।
यसैगरी महासचिव विप्लवले ओलीसँग तीन बुँदे सहमतिअनुसार नेता कार्यकर्ताहरूको रिहाइ र मुद्दा फिर्ताबारेमा समेत छलफल गरेका थिए। भेटमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सँगै थिए।
विप्लवले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ माघ २०७९, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन सकिँदैन’ : ओली
‘मलाई र लेखक थुन्नुलाई यो सरकारले सुशासन ठानिरहेको छ’ : ओली
सरकारमा बसेकाहरू नै जेन-जीका नाममा मागपत्र मस्यौदा गर्दै कलाविहीन नाटक देखाउँदैछन् : ओली
वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट भएन : ओली
अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैन: ओली
देउवालाई उकास्दै ओली, संसद पूर्नस्थापनामा सहमत बनाउँदै