चितवन । रास्वपाका प्रवक्ता मनिष झाले व्यवस्थापकीय कमजोरीप्रति आफूहरू लज्जित भएको बताएका छन्। महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पहिलो चरणमा सन्तोषजनक मत खसेको बताए।
उनले भने, ‘धेरै नै मान्छे गइसक्नुभएको होला भनेर तर्सिएका थियौँ। तर सन्तोषजनक नै रह्यो। हामी आभारी छौँ।’
व्यवस्थापकीय कमजोरी भए पनि प्रतिनिधि धैर्य गरेर बसेको बताए। उनले दोस्रो चरणको निर्वाचन ४ बजेतिरबाट सुरु गर्ने गरी तयारी भइरहेको बताए। दोस्रो चरणमा ४ देखि ५ मिनेटमा एउटा मतदान गरिसक्ने बताए।
उनले भने, सभापतिज्यूले दोस्रो चरणको निर्वाचनको प्रक्रियाको तयारी थाल्न निर्देशन दिइसक्नुभएको छ। त्यही अनुसार तयारी हुन्छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असार २०८३, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रश्नको अस्तित्व नभएपछि जनता सदनमा छिर्छन्ः मनिष झा
धनुषा ३ मा रास्वपाका मनिष झा विजयी
धनुषा ३ मा घण्टीको 'सुनामी': मनिष झाले ७,००१ मत पाउदा विमलेन्द्र निधिको २,६९० मत
धनुषा–३ : रास्वपाका मनिष झाको प्रारम्भिक अग्रता
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छ : मनिष झा