काठमाडौं । रुपन्देही र रौतहटमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीमा रोकिराखेको ट्रकमा बस ठोक्किंदा र रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक–एक जनाको मृत्यु भएको हो ।
बुटवलबाट भैरहवा जाँदै लु २ ख ६०३८ नम्बरको बस गएराति अञ्चलपुर भन्ने स्थानमा सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा ठोक्किँदा बसका सहचालक तनहुँको भिमाद नगरपालिका–५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको हो ।
यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका ४ धन्सार पुल नजिक भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
सर्लाहीबाट निजगढ जाँदै गरेको मधेश प्रदेश–०४–००१ प ३५५७ नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजे अनियन्त्रित भएर पल्टिंदा सर्लाहीको हरिवन नगरपालिका ७ का ३० वर्षीय किरण लामा घिसिङको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ माघ २०७९, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात
बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते