काठमाडौं । रुपन्देही र रौतहटमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीमा रोकिराखेको ट्रकमा बस ठोक्किंदा र रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक–एक जनाको मृत्यु भएको हो ।
बुटवलबाट भैरहवा जाँदै लु २ ख ६०३८ नम्बरको बस गएराति अञ्चलपुर भन्ने स्थानमा सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा ठोक्किँदा बसका सहचालक तनहुँको भिमाद नगरपालिका–५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको हो ।
यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका ४ धन्सार पुल नजिक भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
सर्लाहीबाट निजगढ जाँदै गरेको मधेश प्रदेश–०४–००१ प ३५५७ नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजे अनियन्त्रित भएर पल्टिंदा सर्लाहीको हरिवन नगरपालिका ७ का ३० वर्षीय किरण लामा घिसिङको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ माघ २०७९, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते