काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा म।२ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बेलौरी नगरपालिका–५ बस्ने ५० वर्षीय महात्मा चौधरीको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको पुनर्वास पोलिक्लिनिक अस्पताल हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै, सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानिगञ्ज डाँडाटोलमा प्रदेश २–०३–००१ च ३१२९ नम्बरको बोलेरोले प्र।२–०२–००२ प ९२५३ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३३ वर्षीय राजकुमार महतोको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ माघ २०७९, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु