काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा म।२ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बेलौरी नगरपालिका–५ बस्ने ५० वर्षीय महात्मा चौधरीको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको पुनर्वास पोलिक्लिनिक अस्पताल हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै, सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानिगञ्ज डाँडाटोलमा प्रदेश २–०३–००१ च ३१२९ नम्बरको बोलेरोले प्र।२–०२–००२ प ९२५३ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३३ वर्षीय राजकुमार महतोको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ माघ २०७९, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते