काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा वृद्धि भएको छ । लगातार घटेको सेयर बजार आज नेप्से परिसुचकमा ४.९७ अंकले उकालो लागेर २११६.६५ विन्दुमा आएर रोकीएको छ ।
मंगलबार नेप्से परिसुचकमा १५.७४ अंकले ओरालो लागेकोे थियो । सोही दिन २ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।नेप्से परिसुचका अनुसार ११० कम्पनीमा उकालो लागेको छन भने ९३ कम्पनी ओरालो लागेका छन् । साथै १३ कम्पनीको अवस्था स्थीर रहेको छ ।
साथै, बुधबार २६१ कम्पनीको कारोबार भएकोमा ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच भएको छ । सो क्रममा १ अर्ब ७६ भन्दा बढी रुपैयाँको कारोबार भएको छ । यस्तै, नवील बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको करिब ६ करोड रुपैयाँको सेयर बिक्री भएको छ। साथै, रिडी पावर कम्पनीको ४ करोड ९२ लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै, आदर्श लघुवित्त बित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । आजका १३ उपसुचकहरु मध्ये ५ कम्पनी बाहेको सबै उपसुचकहरुमा वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट
२२ अंकमा खुम्चियो सेयर बजार