काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासी नेपालीहरूको समस्या समाधान गर्न छुट्टै शक्तिशाली आयोग बनाउन सकारात्मक रहेको बताएका छन् ।
माओवादी केन्द्रको प्रवास समन्वय समितिले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने क्रममा उनले आयोग बनाउने विषयमा सकारात्मक जवाफ दिएका हुन् ।
विदेशमा बस्ने नेपालीले धेरै प्रकारका समस्या वेर्होन थालेपछि प्रवास समन्वय समितिले शक्तिशाली आयोग बनाउन माग गरेको हो । यस्तै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई मतदानबाट वञ्चित भएको अवस्थामा कसरी सुरक्षित गर्ने भन्ने विषयमा पहल गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डलाई प्रवास समन्वय समितिले १३ बुँदे ज्ञापन पत्र बुझाउँदै कामदारहरू अवैध हैसियतमा पुग्नुको कारणहरू पत्ता लगाई यदि कामदार निर्दोष भएका उनको पक्षमा दूतावासले कूटनीतिक पहल गरी न्याय दिलाउनुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन