एजेन्सी । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा घरको छाना खस्दा चार जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएका छन्।
चरकेन्ट जिल्लाको पहाडी कोरिक गाउँमा सोमबार अबेर राति भएको उक्त दुर्घटनामा दुई बालबालिकासहित एकै परिवारका चार जनाको मृत्यु भएको थियो भने महिला तथा बालबालिकासहित १८ जना घाइते भएका थिए।
यस्तै घटनामा, पूर्वी कुनार प्रान्तको शिगल जिल्लामा आइतबार भारी हिमपातका कारण घरको छत भत्किँदा तीन बालबालिकाको मृत्यु भएको छ। सो दुर्घटनामा पीडितका आमाबाबु सहित छ जना घाइते भएको पनि प्रान्तीय सरकारी अधिकारी एहसानुल्लाह एहसानले उल्लेख गरेका छन्।
युद्धग्रस्त अफगानिस्तानको ग्रामीण क्षेत्रमा प्रायः घरहरू माटोले बनेका हुन्छन् जुन भारी हिमपात, अविरल वर्षात् र अन्य यस्तै प्राकृतिक प्रकोपहरूको जोखिममा पर्ने गर्छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १८ माघ २०७९, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल
पाकिस्तानी आक्रमणमा अफगानिस्तानका ३ खेलाडीसहित ५ जनाको मृत्यु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते