एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई एफ-१६ लडाकु विमान दिन अस्वीकार गरेका छन् । सोमबार एक पत्रकारले अमेरिकाले युक्रेनलाई एफ-१६ विमान दिन लागेको हो भनेर प्रश्न गर्दा राष्ट्रपति बाइडेनले अस्वीकार गरेका हुन ।
बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई सबै सहयोग दिने घोषणा गरे पनि आफ्ना एफ–१६ लडाकु विमान दिन अस्वीकार गरेको जनाएको छ ।एक दिनअघि मात्र जर्मनीले युक्रेनमा लडाकु विमान पठाउन अस्वीकार गरेको थियो ।
रुससँग जारी युद्धमा युक्रेनले आफ्नो हवाई क्षेत्र प्राप्त गर्न लडाकु विमान आवश्यक रहेको यसअघि नै बताइसकेको छ । एफ–१६ संसारका सबैभन्दा भरपर्दो लडाकु विमानमध्ये एक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १७ माघ २०७९, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता
अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुंगा आक्रमणमा तीन जनाको मृत्यु
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प
ग्रिनल्याण्डतर्फ अमेरिकी अस्पताल जहाज परिचालन, कूटनीतिक बहस तीव्र