एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई एफ-१६ लडाकु विमान दिन अस्वीकार गरेका छन् । सोमबार एक पत्रकारले अमेरिकाले युक्रेनलाई एफ-१६ विमान दिन लागेको हो भनेर प्रश्न गर्दा राष्ट्रपति बाइडेनले अस्वीकार गरेका हुन ।
बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई सबै सहयोग दिने घोषणा गरे पनि आफ्ना एफ–१६ लडाकु विमान दिन अस्वीकार गरेको जनाएको छ ।एक दिनअघि मात्र जर्मनीले युक्रेनमा लडाकु विमान पठाउन अस्वीकार गरेको थियो ।
रुससँग जारी युद्धमा युक्रेनले आफ्नो हवाई क्षेत्र प्राप्त गर्न लडाकु विमान आवश्यक रहेको यसअघि नै बताइसकेको छ । एफ–१६ संसारका सबैभन्दा भरपर्दो लडाकु विमानमध्ये एक मानिन्छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १७ माघ २०७९, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स