जलदेवी सामुदायिक वनका पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी

सफल खबर संवाददाता

सोमबार, १६ माघ २०७९, १३ : १६
जलदेवी सामुदायिक वनका पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी

चितवन । चितवनको जलदेवी सामुदायिक वनका अध्यक्षसहित ५ जना पदाधिकारी विरुद्ध डिभिजन वन कार्यालय भरतपुरले पक्राउ पुर्जी जारी गरेको छ ।

सामुदायिक वनका अध्यक्ष माधव देवकोटा, उपाध्यक्ष ऋषिकेश अर्याल, सहसचिव माधव भुषाल, कोषाध्यक्ष लक्ष्मी पाठक महतो, पार्क व्यवस्थापन समिति संयोजकसहितका पाँच पदाधिकारीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको सव-डिभिजन अधिकृत शान्ति शर्माले जानकारी दिइन् ।

वन ऐन विरुद्ध हुने गरी ४८ क्युफिट सालको चिरान काठ अवैध रुपमा लुकाएर राखेको भेटिएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी गरिएको शर्माले बताइन् ।पक्राउ पुर्जी जारी सबै जना फरार छन् । फरार भएका उनीहरुको खोजी गर्न सशस्त्र वन रक्षकहरुलाई परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस