रुपन्देही । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र एमाले नेता भीमबहादुर रावललाई समाजवादीमा ल्याउन वार्ता भइरहेको बताएका छन् ।
मुलुकमा वाम धुव्रीकरणको आवश्यकता रहेको बताउँदै उनले अब त्यसको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने र यसमा धेरै कम्युनिष्ट नेताहरू जोडिने जनाए । बुटवलमा सो पार्टी निकट नेताहरूको कार्यक्रममा यस्तो बताएको नेता सिद्धिचरण भट्टराईले जानकारी दिए ।
‘अब एजेण्डाका आधारमा उहाँहरू अन्त जाने ठाउँ छैन, म त अन्त ठाउँ नभएर आएँ,‘यसैको सिलसिलामा वामदेवजी र भीमजीसँग वार्ता भइरहेको छ’, उनले भने । उनले समाजवादीलाई २१औँ शताब्दीको पार्टी बनाउने दाबी गरे । भुसालले विचार, सिद्धान्त र मुद्दाका आधारमा जनतालाई गोलबद्ध गर्दै कम्युनिष्ट पार्टी निर्माणमा जुट्ने बताएका छन् ।
उनले नेकपा एकीकृत समाजवादी पार्टीले तत्कालीन एमालेको नवौँ महाधिवेशनले पारित गरेको नीति, विचार र सिद्धान्तलाई अंगिकार गरेकाले आफू पनि समाहित भएको बताए ।
उनले समाजवादी पार्टीको आफ्नै परिचयसहित स्थापित हुने बताए । उनले समाजवादी तत्काल कोही कसैसँग ढल्कने, टाँसिने गरी अगाडि नबढ्ने स्पष्ट पारे । उनले माघ २१ र २२ गते हुने केन्द्रीय कमिटीको बैठकले महत्त्वपूर्ण निर्णय गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल