काठमाडौं । त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान बन्द भएको छ ।अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डिया लगायत ५/६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको एक अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ माघ २०७९, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भारी वर्षाले हवाई उडान प्रभावित