धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका-३ स्थित भित्री सडक खण्डमा बिहीबार साँझ सुपप्र ०१-००९ प२३०८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० रवीन्द्र पाण्डेले ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
चन्दलाई अत्तरियाको पद्यमा अस्पतालले उपचार सम्भव नभएको भन्दै कोहलपुर रेफर गरेको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक गोदावरी नगरपालिका(३ बस्ने २४ वर्षीय सुरेन्द्र भण्डारीको अवस्था पनि गम्भीर छ । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ माघ २०७९, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते