काठमाडौँ । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदैछ। प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा बुधबार २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गर्नेबारे सहमति भएको छ। यद्यपि, मन्त्रिपरिषद्लाई पूर्णता दिने वा नदिने बारे टुंगिएको छैन।
मन्त्री बन्ने आकांक्षीहरूको संख्या धेरै भएकाले सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालाई मन्त्री छान्न सकस परेको छ। नेकपा एमालेले पाँच वटा, माओवादीले चार वटा, राप्रपाले तीन वटा, नेकपा एकीकृत समाजवादीले दुई वटा र हाम्रो नेपाली पार्टीले एक मन्त्रालय मागेका छन्।
मन्त्रिपरिषद् बैठकले ११ वटा मन्त्रालय राख्ने स्वीकृत गरेसँगै भागवण्डामा तलमाथि हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ माघ २०७९, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सिसिटिभीमार्फत निगरानी
बागमतीमा साढे ७ अर्ब बजेट कटौती
बागमती सरकारले चालू आवको बजेट पुनरावलोकन गर्ने
बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
बागमतीमा आइतबार सार्वजनिक बिदा