तामाङ समुदायले आज सोनाम ल्होसार हर्षाेल्लासका साथ मनाउदै

सफल खबर संवाददाता

आइतबार, ०८ माघ २०७९, ०७ : २७
तामाङ समुदायले आज सोनाम ल्होसार हर्षाेल्लासका साथ मनाउदै

काठमाडाैँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आइतबार विविध कार्यक्रमकाे आयोजना गरी मनाइँदैछ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ।पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

सोनाम ल्होसारकाे अवसरमा टुँडिखेलमा तीन दिवसीय ल्होसार पर्व मनाइने भएको छ।तीन दिवसीय ल्होसार मनाउन लागिएको ल्होछार मूल समारोह समितिले जनाएकाे छ।

समितिका अनुसार महोत्सवमा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, घोडचढीलगायत परम्परागत गीत, नृत्य, दोहोरी, डम्फू सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुति हुनेछन्।

प्रतिक्रिया दिनुहोस