सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई मंगलबार कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो ।
निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा ईन्जिनियर साहलाई पक्राउ परेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
ईन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ