काठमाडौं । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान उनको निवास बालकोट पुगेका छन्।
प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन् । अहिले दुई नेताहरूबीच ओली निवासमा भेटवार्ता जारी छ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाइसकेपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भैरहेको छ। यसबीचमा सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबन्डा टुंग्याउने तयारी गरे पनि त्यो हुन सकेको छैन।
दुई नेताबीच आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ माघ २०७९, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक्लै राजदूत नभेटने निर्णय लिएका बालेनले सामुहिक भेट गदै
प्रधानमन्त्रीलाई कांग्रेस सांसद् कर्णले भने- आउनुहोस्, राष्ट्रिय एकता गरौँ
राजदूतसँग प्रधानमन्त्रीले सिधा भेट नगर्ने
प्रधानमन्त्रीलाई वामदेवको खुल्लापत्र- केपी ओलीलाई छोडिदिनुस्
प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, क्षेत्रगत समस्या समाधानमा प्राथमिकता निर्धारण