पत्रकार पौडेलको सम्झनामा महासंघले १३ दिनसम्म शोक मनाउने

सफल खबर संवाददाता

सोमबार, ०२ माघ २०७९, ०६ : ५५
पत्रकार पौडेलको सम्झनामा महासंघले १३ दिनसम्म शोक मनाउने

काठमाडौँ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएको छ ।

उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका थिए ।

पत्रकार महासंघले उनको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको  छ ।