एयरपोर्ट पुगे प्रधानमन्त्री प्रचण्ड, प्रभावकारी उद्धारका लागि निर्देशन

सफल खबर संवाददाता

आइतबार, ०१ माघ २०७९, १२ : ३१
एयरपोर्ट पुगे प्रधानमन्त्री प्रचण्ड, प्रभावकारी उद्धारका लागि निर्देशन

काठमाडौं । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। 

प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर क्षतिको विवरण भेट्न प्रचण्ड विमानस्थल पुगेका हुन्। उनले प्रभावकारी उद्धारका लागि निर्देशन समेत दिएका छन् ।

‘दुर्घटनाप्रति प्रचण्डले दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको छ’ प्रचण्डको सचिवालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस