काठमाडौं । रुसले शनिबार युक्रेनका कैयौँ स्थानमा मिसाइल आक्रमण गरेको छ । पूर्वी सहर निप्रोमा एउटा अपार्टमेन्ट ब्लकमा गरिएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ ।
युक्रेनका अरू सहरहरू किभ, खार्किभ, ओडेसामा पनि आक्रमण गरिएको थियो । केही सहरका बिजुली आपूर्ति स्रोतमा आक्रमण गरिँदा युक्रेनका अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
निप्रोमा अपार्टमेन्टमा आक्रमणपछि रातभर उद्धारकार्य गरिएको थियो । भग्नावशेष हटाइएको बीबीसीले जनाएको छ । यसअघि, बेलायतले युक्रेनलाई मद्दतका लागि ‘च्यालेन्जर–२’ ट्यांक दिन लागेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ माघ २०७९, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह