काठमाडौं । रुसले शनिबार युक्रेनका कैयौँ स्थानमा मिसाइल आक्रमण गरेको छ । पूर्वी सहर निप्रोमा एउटा अपार्टमेन्ट ब्लकमा गरिएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ ।
युक्रेनका अरू सहरहरू किभ, खार्किभ, ओडेसामा पनि आक्रमण गरिएको थियो । केही सहरका बिजुली आपूर्ति स्रोतमा आक्रमण गरिँदा युक्रेनका अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
निप्रोमा अपार्टमेन्टमा आक्रमणपछि रातभर उद्धारकार्य गरिएको थियो । भग्नावशेष हटाइएको बीबीसीले जनाएको छ । यसअघि, बेलायतले युक्रेनलाई मद्दतका लागि ‘च्यालेन्जर–२’ ट्यांक दिन लागेको जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ माघ २०७९, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेनको राजधानी किभमा रुसद्वारा ठूलो हवाई आक्रमण
'टर्कीमा वार्ता गर्दै रुस र युक्रेन'
भिक्ट्री डेमा रुसको शक्ति प्रदर्शन
रुसमा युक्रेनको ड्रोन आक्रमण
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका