काठमाडौं । नेकपा एमाले परित्याग गरेर प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवार बनि पराजित भएका घनश्याम भुसाल माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा जाने भएका छन् ।
भोलि (शुक्रबार) पत्रकार सम्मेलन आयोजना गरेर भुसाल एकीकृत समाजवादीमा जान लागेका हुन् ।पार्टी प्रवेशअघि शुक्रबार अपरान्ह भुसालले आफूनिकट केही एमाले कार्यकर्तालाई पनि छलफलमा बोलाएका छन् ।
रुपन्देही १ मा घनश्याम भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । भुसाललाई कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धन दलले समर्थन गरेको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको टिकट खोसेपछि भुसाल पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल
नेतृत्वबाट ‘प्रचण्ड’ र माधवको बिदाइ गरे माओवादीसँग एकता गर्न सकिन्छ: घनश्याम भुसाल
घनश्याम भुसालको प्रश्न- मुलुक राजनीतिक ब्ल्याक होलतर्फ गइरहेको हो ?