काठमाडौं । नेकपा एमाले परित्याग गरेर प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवार बनि पराजित भएका घनश्याम भुसाल माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा जाने भएका छन् ।
भोलि (शुक्रबार) पत्रकार सम्मेलन आयोजना गरेर भुसाल एकीकृत समाजवादीमा जान लागेका हुन् ।पार्टी प्रवेशअघि शुक्रबार अपरान्ह भुसालले आफूनिकट केही एमाले कार्यकर्तालाई पनि छलफलमा बोलाएका छन् ।
रुपन्देही १ मा घनश्याम भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । भुसाललाई कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धन दलले समर्थन गरेको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको टिकट खोसेपछि भुसाल पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल