सिरहामा प्रहरीले चलायाे ५ राउण्ड गोली

सफल खबर संवाददाता

आइतबार, २४ पुस २०७९, १५ : ३९
सिरहामा प्रहरीले चलायाे ५ राउण्ड गोली

सिरहा । सिरहामा प्रहरीले ५ राउण्ड गोली चलाएकाे छ । शिक्षिकाले पानीको सट्टा दिएको स्प्रिट खाएपछि छात्राको मृत्यु हुँदा भड्किएकाे आन्दाेलनलाई तितरवितर पार्न प्रहरीले पाँच राउण्ड गाेली चलाएकाे हाे । साथै तीन वटा आश्रु ग्यास समेत प्रहर फायर गरिएकाे छ ।

मिर्चैयास्थित सगरमाथा उमाविका एक जना छात्राले औषधि खान पानी माग्दा शिक्षिकाले स्प्रिटलाई पानी सम्झेर दिएपछि विद्यार्थीको मृत्यु भएको हाे ।पानी सम्झेर डिउको बोतलमा रहेको स्प्रिट खाएपछि कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

शिक्षिकाले पानीको सट्टा दिएको स्प्रिट खाएपछि छात्राको मृत्यु भएपछि सिरहाको सगरमाथा उच्च माविका विद्यार्थीहरु आन्दोलित बनेका छन् । सो घटनामा विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै आज विद्यार्थी र मृतकका आफन्तहरुले आन्दोलन सुरु गरेका छन् । उनीहरुले बिहानदेखि मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस