बलात्कार प्रयास गरेको आरोपमा २ जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, २३ पुस २०७९, ११ : १२
बलात्कार प्रयास गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । रुपन्देहीमा सुस्त मनस्थिति भएकी महिला र १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् ।

शारीरिक रुपमा अपांगता भएकी र सुस्त मनस्थितीकी २३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा कञ्चन गाउँपालिका-३ का ३० वर्षीय राजेन्द्र अधिकारी पक्राउ परेका हुन् ।

उनले यही पुस २१ गते साँझको समयमा ती महिला घरमा एक्लै भएको बेला शौचालयमा लगी जबरजस्ती करणी गर्न खोजेको आरोप छ । अधिकारीविरुद्ध जबरजस्ती करणी कसुरअन्तरगत अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लालझण्डीले जनाएको छ ।