काठमाडाैं । पाल्पाको रैनाछहरा गाउँपालिको खुर्सानेमा बिहिबार राति भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुलेको छ ।
रुपन्देहीको सालझण्डीबाट खुर्सानो जाँदै गरेको बिहिबार साढे १० बजेतिर दुर्घटना भएको थियो । मृत्यु हुने ६ जना नै महिला रहेका छन् । मृतकहरुमा खुर्सानेकी ४५ वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीयामा दानकुमारी खत्री, ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे र १९ वर्षीया बिमान पाण्डे रहेका छन्
मृतकहरु सबै खुर्सानेका रहेको र दुर्घटनामा परी १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल लगिएको छ । घाइतेहरु अधिकांशको हात खुट्टा भाच्चिएका छन् ।
बस सडकबाट १ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ पुस २०७९, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते, दुईको अवस्था गम्भीर
बैतडीमा बस दुर्घटना, थप विवरण आउन बाँकी
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान