काठमाडाैं । पाल्पाको रैनाछहरा गाउँपालिको खुर्सानेमा बिहिबार राति भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुलेको छ ।
रुपन्देहीको सालझण्डीबाट खुर्सानो जाँदै गरेको बिहिबार साढे १० बजेतिर दुर्घटना भएको थियो । मृत्यु हुने ६ जना नै महिला रहेका छन् । मृतकहरुमा खुर्सानेकी ४५ वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीयामा दानकुमारी खत्री, ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे र १९ वर्षीया बिमान पाण्डे रहेका छन्
मृतकहरु सबै खुर्सानेका रहेको र दुर्घटनामा परी १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल लगिएको छ । घाइतेहरु अधिकांशको हात खुट्टा भाच्चिएका छन् ।
बस सडकबाट १ सय मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ पुस २०७९, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते
पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना: कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
मेलम्चीमा बस दुर्घटना, ८ जना घाइते