सरकारले गर्‍याे ७ सचिवकाे सरुवा, काे-कहाँ पुगे ?

सफल खबर संवाददाता

विहीबार, २१ पुस २०७९, १९ : ५०
सरकारले गर्‍याे ७ सचिवकाे सरुवा, काे-कहाँ पुगे ?

काठमाडौं । सरकारले ७ जना सचिवहरुको सरुवा गरेको छ । आजको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरुको सरुवा गरेको हो ।

अर्थसचिव कृष्णहरि पुष्कर कर्णलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । राजस्व सचिव रामेश्वर दंगाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन । उनले गृह प्रशासनमा रहेर अख्तियारको महाशाखा प्रमुखको जिम्मेवारी निभाइसकेका छन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका कानून सचिव धनराज ज्ञवालीलाई कानून मन्त्रालयमा सरुवा गरिएको छ । कानुन सचिव उदयराज सापकोटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएका छन । अघिल्लो सरकारको अन्तिम मन्त्रिपरिषद बैठकले ज्ञवाली र सापकोटाको जिम्मेवारी हेरफेरको निर्णय गरेपनि कार्यान्वयन भएको थिएन ।

मन्त्रिपरिषदले वाणिज्य मन्त्रालयका सचिव तोयम रायालाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ । हाल अख्तियारमा रहेका सचिव डा। रामप्रसाद घिमिरेलाई राजस्व सचिव बनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासिनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्यमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस