काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा रु तीन अर्ब ६९ करोड जम्मा गरेको कामपाले कोरोना महामारीको त्रास कम भएसँगै उक्त राजश्व सङ्कलन गरेको कामपा राजस्व विभाग प्रमुख डा। शिवराज अधिकारीले बताए।
बुधबार कामपामा भएको राजस्व परामर्श समितिको बैठकमा डा. अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिएका हुन्। बैठकले कामपाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श समितिले नगरसभामा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ।
व्यवसायीले स्वीकृति नलिइ वा मापदण्डविपरीत राखेका परिचय पाटी कामपाको टोलीले हटाउँदा लाग्ने जरिवाना रकम कम्तीमा रु पाँच सय र अधिकतम रु तीन हजार हुने निर्णय गरेको छ।
जरिवाना तोक्दा स्थान र सामान तथा उपकरणको प्रयोगलाई आधार बनाइएको छ। भुइँ तला र पहिलो तलामा राखिएका साधारण प्रकृतिका परिचय पाटीलाई एउटा शुल्क तोकिएको छ। सोही ठाउँमा बेल्डिङ् मेसिन तथा अन्य विद्युतीय उपकरण प्रयोग गरेर पाटी हटाउनुपरेमा अर्को प्रकारको शुल्क लाग्नेछ।
दोस्रो तलाभन्दा माथि राखिएका सामान्य परिचय पाटी र त्यही ठाउँमा बेल्डिङ् मेसिन वा अन्य विद्युतीय साधनको उपयोग गर्नुपर्ने भएमा छुट्टाछुट्टै जरिवाना सिफारिस हुने निर्णय भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ पुस २०७९, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने