जनकपुर । महोत्तरीको औरहीमा एक पुरुषको शव फेला परेको छ । औरही नगरपालिका(७ स्थित एमटीएल इँटा भट्टामा रहेको परालको छाप्रोभित्र स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शव फेला परेको हो ।
सोमबार साँझ घरबाट निस्केका उनको शव मंगलबार बिहान ११ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ । झा प्रायः इँटा भट्टामा बस्ने गर्थे । उनको बायाँ एउटा आँखा फुटेको छ । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर शव त्यहाँ राखेको हुन सक्ने परिवारको आशंका छ ।
प्रहरी उपरीक्षक कृष्ण पंगेनीले शवको पोस्टमार्टम रिपोर्ट थप अनुसन्धान पश्चात मात्र घटना विषयमा यथार्थ भन्न सकिने बताए । उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० पुस २०७९, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा तीन जनाको बीभत्स हत्या, घटना रहस्यमय
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या