एमाले संसदीय दलको बैठक जारी, नेतृत्व चयन गर्ने तयारी

सफल खबर संवाददाता

बुधबार, १८ चैत्र २०८२, १२ : ३४
एमाले संसदीय दलको बैठक जारी, नेतृत्व चयन गर्ने तयारी

काठमाडौँ । नेकपा एमालेको संसदीय दल बैठक राजधानीको च्यासलमा प्रारम्भ भएको छ। भोलिदेखि सुरु हुन लागेको संघीय संसद् अधिवेशनको तयारीका सन्दर्भमा बैठक आह्वान गरिएको जनाइएको छ।

बैठकमार्फत संसदीय दलको नेता, प्रमुख सचेतक तथा सचेतक चयनसम्बन्धी निर्णय गर्ने कार्यसूची रहेको बताइएको छ। दलको नेताका रूपमा रामबहादुर थापा को नाम चर्चामा रहेको छ भने सुहाङ नेम्वाङ लगायत अन्य सदस्यहरूले पनि दाबी प्रस्तुत गर्ने संकेत गरेका छन्। दलभित्र तथा बाह्य वृत्तमा समेत वैकल्पिक नेतृत्वका विषयमा चर्चा भइरहेको देखिन्छ।

हाल एमालेका तर्फबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट ९ र समानुपातिकतर्फ १६ गरी कुल २५ सांसद रहेका छन्। बैठकमा महासचिव शंकर पोखरेल ले सांसदहरूलाई पार्टीको नीति, प्राथमिकता तथा संसदीय कार्यमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको छ।

बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ लगायत पदाधिकारीहरूको उपस्थिति रहेको छ।

 

प्रतिक्रिया दिनुहोस