अङ्ग्रेजी वर्ष सन् २०२३ सुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै

सफल खबर संवाददाता

आइतबार, १७ पुस २०७९, ०८ : २७
अङ्ग्रेजी वर्ष सन् २०२३ सुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै

काठमाडौं । आजदेखि अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको हो । यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । यो अन्तर्राष्ट्रिय संवत् भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय सङ्घसंस्थामा काम गर्नेले यो पर्व विश्वभर मनाउने गर्छन् ।

गोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को बिदाइ र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइँदै छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।

पर्यटकको  भीड भाड हुने नेपालको राजधानी  काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘ न्यू  इयर  इभ ’ का नाममा यो संवत् मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस