काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णदेव यादव निर्वाचित भएका छन् । बिहीबार भएको दलको नेताको निर्वाचनमा उनले रामसरोज यादवलाई पराजित गरेका हुन् ।
मधेस प्रदेशमा कांग्रेसका २२ सांसद छन् । कृष्णले १८ र रामसरोजले चार मत पाए । कृष्णदेव संस्थापन पक्षका नेता हुन् । रौतहटका उनी कांग्रेस मधेस प्रदेशको सभापतिसमेत हुन् ।
धनुषाका रामसरोज विमलेन्द्र निधि निकट नेता हुन् । दलको नेता निर्वाचित भएपछि मधेस प्रदेशमा सरकार बनाउन अन्य दलसँग छलफल गर्ने यादवले बताएका छन् । मधेस प्रदेशमा कुनै दलको स्पष्ट बहुमत छैन । एमाले २३ र कांग्रेसको २२ सांसद छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ पुस २०७९, १८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै