काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णदेव यादव निर्वाचित भएका छन् । बिहीबार भएको दलको नेताको निर्वाचनमा उनले रामसरोज यादवलाई पराजित गरेका हुन् ।
मधेस प्रदेशमा कांग्रेसका २२ सांसद छन् । कृष्णले १८ र रामसरोजले चार मत पाए । कृष्णदेव संस्थापन पक्षका नेता हुन् । रौतहटका उनी कांग्रेस मधेस प्रदेशको सभापतिसमेत हुन् ।
धनुषाका रामसरोज विमलेन्द्र निधि निकट नेता हुन् । दलको नेता निर्वाचित भएपछि मधेस प्रदेशमा सरकार बनाउन अन्य दलसँग छलफल गर्ने यादवले बताएका छन् । मधेस प्रदेशमा कुनै दलको स्पष्ट बहुमत छैन । एमाले २३ र कांग्रेसको २२ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ पुस २०७९, १८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ