काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू राष्ट्रपति बन्न लागेको समाचार सत्यता नभएको बताएका छन् ।बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकमा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूलाई राष्ट्रपति बनाउन खोजिएको समाचार हल्ला भएको भन्दै त्यसमा सत्यता नरहेको उनले बताए ।
उनले भनेका छन्, ‘अहिले एमालेसँग जोडेर बजारमा माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला चलेका छन् । ति बजार हल्लामा कुनै सत्यता छैन । यो सुनेर के हो ? कसो हो ? भनेर नेता कार्यकर्तामा जिज्ञासा पैदा भएको छ । तर बजार हल्लाको पछि लाग्नु हुँदैन ।’
बाहिर समाचार आएरमात्र नहुने र त्यसमा दुई पक्षीय सहमतिको खाँचो पनि रहने उनले बताएका छन् । उनका अनुसार यस्तो कुरामा दुवै पक्ष तयार हुनुपर्छ ।
अध्यक्ष नेपालले पार्टी सरकारमा जाने नजाने बारे पनि आफ्नो धारणा राखेका छन् । उनले सरकारले विश्वासको मत लिएपछि सरकारमा जाने नजानेबारे पार्टीले निर्णय लिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ पुस २०७९, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड