एमालेसँग पार्टी एकता प्रक्रिया अघि बढेको छैन : जगन्नाथ खतिवडा

सफल खबर संवाददाता

विहीबार, १४ पुस २०७९, १६ : ०३
एमालेसँग पार्टी एकता प्रक्रिया अघि बढेको छैन : जगन्नाथ खतिवडा

काठमाडौं । एकीकृत समाजवादीका प्रवक्तासमेत रहेका उपसचिव जगन्नाथ खतिवडाले कुनै पनि राजनीतिक दलसँग पार्टी एकता गर्ने प्रक्रियाअघि नबढेको स्पष्ट पारेका छन् । 

एमालेसँग पार्टी एकता हुन लागेको चर्चा चलिरहेका बेला बिहीबार एक वक्तव्य जारी गर्दै उनले कुनै पनि पार्टीसँग एकता प्रक्रिया अघि नबढेको बताएका हुन् । 

‘बजार हल्लाको भ्रममा नपरौँ । हाम्रो पार्टी नेकपा एकीकृत  समाजवादी   कुनै पार्टीसँग एकीकरण  गर्ने गरी अगाडि बढेको छैन,’ उनले भनेका छन्, ‘ कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुँदैन ।’

पार्टीले सुद्धृढीकरणको योजना बनाइरहेको र पार्टी  विस्तारका अभियानहरु  कसरी अगाडि बढाउने भनेर विचार विमर्श चलिरहेको बताएका उनले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरु आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय भइनसकेको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस