काठमाडौं । नेकपा माओवादी केन्द्र बाग्मती प्रदेशको संसदीय दलको नेता भोलि चयन गर्ने भएको छ । काठमाडौं अनन्दभुमी इभेन्ट्स पार्टीप्यालेसमा दलको बैठक भोलि विहान १० बजे बोलाएको सांसद गंगानारायण श्रेष्ठले बताए । माओवादी बाग्मती प्रदेशको दलको बैठकबाट नेता चयन गर्ने बताएको छ ।
दलका नेता हुन सांसद सालिकराम जमरकट्टेल र सरल सहयात्री पौडेल मुख्य दाबेदारको रुपमा देखिएका छन् । पार्टी पोलिटब्यूरो सदस्य जमरकट्टेल र प्रदेश अध्यक्ष पौडेल आ आफ्नो दाबी छोडेका छैनन् । दलको नेता सर्वसम्मत नभएमा चुनावी प्रतिस्पर्धा हुन सक्ने बताएको छ । यस्तै नेपाल समाजवादी पार्टीबाट गंगानारायण श्रेष्ठले दाबी गरेका छन् ।
आफू समेत दलको नेतामा प्रतिस्पर्धा गर्ने श्रेष्ठको भनाई छ । दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था भएकाले नेताहरुवीच प्रतिस्पर्धा देखिएको छ । माओवादीबाट कुल २१ सांसद छन् । यसअघि २३ जना सांसद थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ पुस २०७९, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी स्थायी समिति बैठक : प्रचण्डको एजेन्डामाथि आजदेखि नेताहरूले धारणा राख्ने
माओवादी स्थायी कमिटी बैठकमा ‘प्रचण्ड’ले गरे ब्रिफिङ
माओवादी स्थायी समिति बैठक आजदेखि शुरु हुँदै
माओवादी अध्यक्ष प्रचण्डले बोलाए पदाधिकारी बैठक
माओवादीले फेरि माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा
विद्यालाई राजनीतिमा आउन नदिने एमालेको निर्णय प्रथम दृष्टिमै बदरयोग्य: माओवादी