काभ्रे । काभ्रेको महाभारत गाउँपालिका वडा नं ७ स्थित उदाउनेमा यात्रुवाहक बस दुर्घटना भएको छ । बनेपाबाट महाभारत गाउँपालिकाको गोकुलेतर्फ जाँदै गरेको बा ४ ख १९९६ नम्बरको बस उदाउनेमा दुर्घटना हुँदा ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय देवीटारले जनाएको छ ।
घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने बाँकी ६ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूको हाल बनखु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
बसमा २३ जना यात्रु सवार रहेका थिए । बसमा सवार १४ भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ पुस २०७९, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते, दुईको अवस्था गम्भीर
बैतडीमा बस दुर्घटना, थप विवरण आउन बाँकी
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान