काभ्रे । काभ्रेको महाभारत गाउँपालिका वडा नं ७ स्थित उदाउनेमा यात्रुवाहक बस दुर्घटना भएको छ । बनेपाबाट महाभारत गाउँपालिकाको गोकुलेतर्फ जाँदै गरेको बा ४ ख १९९६ नम्बरको बस उदाउनेमा दुर्घटना हुँदा ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय देवीटारले जनाएको छ ।
घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने बाँकी ६ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूको हाल बनखु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
बसमा २३ जना यात्रु सवार रहेका थिए । बसमा सवार १४ भने सकुशल रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ पुस २०७९, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा बस दुर्घटना, एकजनाको मृत्यु
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते