काठमाडौं । नेकपा माओवादी केन्द्रको बाग्मती प्रदेशको संसदीय दलको बैठक पुस १५ गते काठमाडौं बस्ने भएको छ ।
काठमाडौंको कुन स्थानमा बस्ने भन्ने विषयमा टुंगो लागि नसकेको सांसद सरल सहयात्री पौडेलले बताए । पुस १५ गतेको संसदीय दलको बैठकबाट नेता चयन हुने भएको छ ।
दलको नेतामा सांसद पौडेल र सालिकराम जमरकट्टेलले दाबी गरेका छन् । सर्वसम्मत रुपमा दलको नेता चयन नभएमा चुनावी प्रतिस्पर्धा गर्ने पौडेलले भन्दै आएका छन् । पौडेलले दलको नेता नछोड्ने भएपछि चुनाव हुने सम्भावना देखिएको छ ।
दलको नेता नै मुख्यमन्त्री बन्न पाउने भएकाले पौडेल र जमरकट्टेलवीच प्रतिस्पर्धा भई रहेको छ । बाग्मती प्रदेशमा माओवादीका २१ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ पुस २०७९, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस