काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहान सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।प्रधानमन्त्रीबाट पदमुक्त भएका देउवा बुढानीलकण्ठको निजी निवास ममर्त सम्भार भइरहेकाले धुम्बाराहीस्थित भाडाको घरमा भोली सर्न लागेका हुन् ।
देउवाको सचिवालयअनुसार बूढानीलकण्ठको घर निर्माण सकिन करिब ४ महिना लाग्ने भएकाले घर भाडा लिन लागिएको हो । निवास मर्मत सम्भार भइरहेकाले बस्न नसकिने र घर भाडामा खोजिएको सचिवालयले जनाएको छ ।
सोमबार (१० पुस)मा नेकपा एमालेसहित गठबन्धनको समर्थनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा पदबहाली भएपछि देउवा पदमुक्त भएका थिए । पदमुक्त भएसँगै सरकारी निवास छाड्नुपर्ने भएपनि बूढानिलकण्ठको निवास मर्मत भएकाले असम्भव भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग छलफल गरेर निकास खोज्ने गगन-विश्वसँग देउवाको प्रतिबद्धता
बालेनले गरे देउवाको फेसबुक पोस्टमा कमेन्ट - सारै गारो हुने रहेछ भीपीएनबाट चलाउन त !!’
पार्टीको आदेश मानेर कर्मचारीले काम गर्नु हुँदैन : देउवा
काँग्रेस सधैँ नवप्रवर्तन र रूपान्तरणको पक्षमा छ: देउवा
सूचना प्रविधिले जनतालाई छिटो छरितो र पारदर्शी सेवा दिन मद्दत पुर्याइरहेको छ : देउवा
देउवाले भने-‘लैंगीक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ’