कोभिड बढ्न थालेपछि फाइजरको १५ लाख खोप ल्याउने तयारीमा सरकार

सफल खबर संवाददाता

मंगलबार, १२ पुस २०७९, ०८ : ०९
कोभिड बढ्न थालेपछि फाइजरको १५ लाख खोप ल्याउने तयारीमा सरकार

काठमाडौं । कोभिड १९ को खतराको घण्टी पुनः बज्ने देखिएपछि सरकारले छिमेकी देश भारतबाट फाइजरको १५ लाख नयाँ खोप ल्याउने भएको छ । सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य सेवा विभागले गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउने तयारी भइरहेको जानकारी दिए । सो खोप नयाँ भेरियन्टका लागि प्रभावकारी रहेको पुष्टि भएको भनेर विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेपछि खोप ल्याउने तयारी भएको सरकारले भनेको छ । 

सचिव पोखरेलले स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले औषधि व्यवस्था विभागसँग अनुमति मागिसकेको छ । महाशाखाका निर्देशक डा। विवेककुमार लालले विभागबाट आकस्मिक प्रयोगका लागि अनुमति पाउनासाथ कोभ्याक्समा पठाउने जानकारी दिए ।

१५ लाख मात्रा खोप आउने उनले बताए । यसअघि अध्यादेशमार्फत आकस्मिक प्रयोगका लागि खोपको अनुमति दिइने गरेको थियो । छिमेकी मुलुकमा कोभिड १९ को नयाँ भेरियन्ट बढ्न थालेपछि सरकारले उच्च सतर्ककताका लागि सो खोप ल्याउने प्रक्रिया अघि बढाएको उनले बताए । 

हाललाई औषधि ऐनअनुसार औषधि सल्लाहकार समितिबाट अनुमति लिएर काम अघि बढिरहेको छ । डा। लालले कोभ्याक्सले नेपाललाई आवश्यक पर्ने थप खोप अनुदानको रूपमा उपलब्ध गराउने आश्वासन पनि दिएको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पनि नयाँ स्वरूप फैलन सक्ने भन्दै नागरिकलाई सचेत गराएको छ । जनस्वास्थ्य मापदण्डको पालना गर्न अपिल गरेको छ । कोभिडविरुद्धको अतिरिक्त मात्रा खोप ९बुस्टर डोज० लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । अहिले नेपालमा १८ वर्षमाथि उमेर समूहका लागि बुस्टर मात्रा खोप अभाव छ ।