काठमाडौं । खोटाङको दिक्तेल नगरपालिका १३ मा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था सामान्य र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बुइपाबाट सदरमुकामतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ ख ००१७ नम्बरको बस आज बिहान १०ः४० बजे दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक रोमन अर्यालका अनुसार घाइतेहरुलाई अस्पताल पुर्याउने काम जारी छ ।
केहीलाई जिल्ला सदरमुकाममा र केहीलाई हेलिकोप्टरमार्फत् काठमाडौं लैजाने तयारी भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा बस दुर्घटना, एकजनाको मृत्यु
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते