काठमाडौं । हुस्सु-कुहिरो लागेका कारण आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएका छन् । भिजिबिलिटी कम हुँदा बाह्य र आन्तरिक दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।
उनका अनुसार अवतरण हुन नसकेका केही विमानलाई डाइभर्ट गरिएको छ । भारतको मुम्बईबाट आएको विस्तारा र नयाँदिल्लीबाट आएको इण्डिगो एयरका विमानहरुले काठमाडौंको आकाशमा फन्को लगाइरहेका छन् ।
मौसममा सुधार आएपछि नियमितरुपमा उडान अवतरण हुने महाप्रबन्धक ठाकुरले बताए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार बिहानको बेला बाक्लो हुस्सु र कुहिरो लागे पनि अब विस्तारै हट्ने क्रममा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ पुस २०७९, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भारी वर्षाले हवाई उडान प्रभावित