काठमाडौं । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएको छ ।वंशाणुगत जण्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।
पुन सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालकोमा उपचार गराइरहेका छन् । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।
पुन पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले स्वास्थ्यमा राम्रो सुधार भएको जानकारी दिइन् । घर्तीका अनुसार पुनको शरीरमा हाल बिलरुबिन (जण्डिशको मात्रा) २० बिन्दुमा झरेको छ । उपचारमा जाँदा बिलरुबिनको मात्रा २७ थियो ।
उनका अनुसार आगामी मंगलबार नेता पुन नेपाल फर्कने सम्भावना छ । ‘डाक्टरहरुले अब तपाईं जान सक्नुहुन्छ भन्नुभएको छ’, घर्तीले भनिन्, ‘मंगलबारसम्म हामी नेपाल आउने सम्भावना छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ पुस २०७९, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा