काठमाडौं । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएको छ ।वंशाणुगत जण्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।
पुन सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालकोमा उपचार गराइरहेका छन् । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।
पुन पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले स्वास्थ्यमा राम्रो सुधार भएको जानकारी दिइन् । घर्तीका अनुसार पुनको शरीरमा हाल बिलरुबिन (जण्डिशको मात्रा) २० बिन्दुमा झरेको छ । उपचारमा जाँदा बिलरुबिनको मात्रा २७ थियो ।
उनका अनुसार आगामी मंगलबार नेता पुन नेपाल फर्कने सम्भावना छ । ‘डाक्टरहरुले अब तपाईं जान सक्नुहुन्छ भन्नुभएको छ’, घर्तीले भनिन्, ‘मंगलबारसम्म हामी नेपाल आउने सम्भावना छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ पुस २०७९, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौद्रिक नीति संयमित खालको ल्याउनुपर्छ : वर्षमान पुन
सिनेट बैठक किन रोकेको ? भन्दै प्रधानमन्त्रीलाई वर्षमानको प्रश्न
वर्षमान पुन र ओनसरी घर्तीले लिए मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी
सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः वर्षमान पुन
भिजिट भिसा प्रकरण अनुसन्धान गर्न एक महिनाभित्र छानबिन समिति बन्छ : वर्षमान पुन
बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ : वर्षमान पुन