काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ सहितको टोलीले सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल खेलेका छन् ।
२८औँ महानगर दिवसका अवसरमा आयोजित फुटबल प्रतियोगितामा काठमाडौं महानगरपालिकाका प्रमुखसहितको प्रतिनिधि टोली र प्रशासकीय अधिकृतको टोलीबीच फुटबल प्रतियोगिता भएको हो ।
दुई टोलीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रमुख बालेन शाहले पनि सहभागिता जनाएका थिए । सो कार्यक्रममा उपमेयर सुनिता डंगोल पनि प्रतियोगिता हेर्न पुगेकी थिइन् ।
यतिबेला विश्वकप फुटबल २०२२ पनि कतारमा जारी छ । सोही समयमा संयोगबस महानगरको वार्षिकी अवसरमा फुटबलको आयोजना भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ मंसिर २०७९, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा बालेन र सात मुख्यमन्त्रीको गम्भीर मन्थन: तीन घण्टासम्म के भयो कुराकानी?"
टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन
बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ
नारीको सम्मान र सशक्तीकरण नै समुन्नत समाजको जग हो : बालेन शाह
रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान
केही नेता र बिचौलियाले भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम भएको बालेनको दाबी