काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सांसद अर्जुन नरसिंह केसी नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई भेट्न उनको निवास बालकोट पुगेका छन् । आइतबार साँझ दुई नेताबीच करिब २ घण्टा वार्ता भएको हो ।
ओलीको निमन्त्रणामा केसी बालकोट पुगेको थिए । भेटमा दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिइएको छ । त्यस्तै नयाँ सरकार गठन र अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरूबीच एकता र सहकार्य खाँचो रहेकोमा दुई नेता सहमत भएको नेता केसीले बताएका छन् ।
जनजीविकाका सवालमा उठेका आवाजहरू सामूहिक रूपमा समाधान गर्ने पनि दुई नेताले प्रतिबद्धता जनाएका थिए । यसको साथै द्वन्द्वकालीन मुद्दाहरू किनारा लगाउने सहमति भएको केसीको भनाइ छ ।
भेटमा चुच्चे नक्सा अनुसारको भूगोल नेपालको हुनुपर्ने भारतीय पक्षसँग वार्ता गर्न दलहरू एकमत हुने विषयमा छलफल भएको थियो । भ्रष्टाचारविरुद्ध एक भई लड्ने प्रतिबद्धता समेत दुई नेताले जनाएका थिए ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हुनुपर्ने दुई नेताको जोड रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ मंसिर २०७९, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन