काठमाडौं । कैलालीमा प्रहरीले दुई जना भारतीय नागरिकलाई लागू औषध खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
भारतको लखिमपुर खिरीस्थित बेलापुर बस्ने ५० वर्षीय समीर सिंह र ५३ वर्षीय शेर सिंहलाई सीमावर्ती क्षेत्र कैलारी गाउँपालिका–७, वसन्ता गाउँबाट पक्राउ गरिएको हो ।
लागू औषध रहेको विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरूको साथबाट ३४ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ मंसिर २०७९, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ