धनुषा । जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब २० लाख रुपौयाँ बराबरको क्षति भएको छ।
स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेको सो पसलमा शुक्रबार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेट सामानसहित करिब २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पसलमा बिजुलीको कारण आगलागी भएको हुनसक्ने पसलका सञ्चालक चौधरीले बताए। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ मंसिर २०७९, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति