एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक युद्धको खतरा बढ्दै गएको बताएका छन् । रुसको मानवअधिकार परिषद्को वार्षिक बैठकमा बोल्दै उनले युक्रेनमा युद्ध ‘लामो प्रक्रिया’ हुनसक्ने बताए । आणविक युद्धको सम्भावनाको बारेमा मस्कोबाट गरेको भर्चुअल सम्बोधनमा उनले चेतावनी दिए ‘यस्तो खतरा बढ्दै गएको छ, यसलाई लुकाउनु गलत हुनेछ ।’
रुसले पहिले आफ्नो आणविक हतियार प्रयोग नगर्ने कुरामा समेत उनले जोड दिएका छन् । पुटिनले आफ्नो देशले आक्रमणको जवाफमा मात्र सामूहिक विनाशका हतियार प्रयोग गर्ने चेतावनी दिए ।पुटिनले सुरुमा द्रुत विजयको लागि योजना बनाएका पश्चिमी अधिकारीहरूको विश्वास छ ।
फेब्रुवरीमा युक्रेनमा आक्रमण गरेपछि रूसको आणविक हतियार प्रयोग गर्ने क्षमता थप निरीक्षणको दायरमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २२ मंसिर २०७९, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन
युवा वैज्ञानिकहरूलाई पुटिनले दिए राष्ट्रपति पुरस्कार
फेब्रुअरी १ सम्म किभमा आक्रमण नगर्न पुटिन सहमत
रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे ‘अध्ययन गर्ने’ पुटिनको घोषणा
युक्रेनको सन्दर्भमा हाम्रा लक्ष्य पूरा भएरै छाड्नेछन् : पुटिन
शान्ति वार्ता असफल भए थप भूमि कब्जा गर्नेे जेलेन्स्कीलाई पुटिनको चेतावनी